·

डीभी लट्री २०२६ को नतिजा सार्वजनिक, कन्फर्मेसन नम्बरमार्फत हेर्न सकिने

Author

NEPSE trading

डीभी लट्री २०२६ को नतिजा सार्वजनिक, कन्फर्मेसन नम्बरमार्फत हेर्न सकिने

अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डीभी) लट्री २०२६ को नतिजा सार्वजनिक गरेको छ। शनिबार राति पौने १० बजेपछि नतिजा हेर्न मिल्ने गरी सार्वजनिक गरिएको हो।

नतिजा हेर्नका लागि डीभी आवेदन दिँदा प्राप्त भएको कन्फर्मेसन नम्बर अनिवार्य रूपमा आवश्यक पर्नेछ। आवेदनकर्ताले dvprogram.state.gov मा लग इन गरेर आफ्नो नतिजा हेर्न सक्नेछन्।

ब्युरोले डीभी विजेता भनेर कुनै पनि प्रकारको इमेल नपठाइने स्पष्ट पारेको छ र गलत सूचना तथा स्क्यामबाट सावधान रहन आवेदकलाई अनुरोध गरेको छ। यसअघि पनि विभिन्न ठगी समूहहरूले नक्कली इमेलमार्फत विजेता बनाएको भन्दै पैसा असुल गर्ने प्रयास गरेका घटना सार्वजनिक भएका थिए।

यसैले, कन्फर्मेसन नम्बर नभई नतिजा जाँच गर्न सकिँदैन र कुनै पनि अनधिकृत माध्यममा भर नपर्न विज्ञहरूले सुझाएका छन्।

के तपाईंले डीभी २०२६ को आवेदन दिनुभएको थियो?

Related News