·

शेयर बजारमा नेगेटिभ सर्किटपछि अर्थमन्त्री खनालले सुधारका लागि कार्यदल गठन

Author

NEPSE TRADING

शेयर बजारमा नेगेटिभ सर्किटपछि अर्थमन्त्री खनालले सुधारका लागि कार्यदल गठन

असोज ३ गते, काठमाडौं — अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजारमा देखा परेका समस्या समाधानका लागि चार सदस्यीय कार्यदल गठन गरेका छन्। शुक्रबार उनले नेपाल धितोपत्र बोर्डका कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरेका हुन्।

हालै जेनजी आन्दोलनपश्चात् करिब एक हप्ता बन्द रहेर खुलेको शेयर बजार बिहीबार १६० अंकले घटेपछि, अर्थमन्त्रीले पुँजीबजारमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न कार्यदल गठन गरेका हुन्।

कार्यदलमा केसीसँगै नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल, र अर्थमन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेका छन्। निरौलालाई कार्यदलको सदस्य सचिव तोकिएको छ।

अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार कार्यदलले पुँजीबजारमा विकसित भएका विसङ्गति तथा समस्याको अध्ययन गरी लगानीकर्ताको मनोबल बढाउने प्रणालीगत र प्रक्रियागत सुधारका लागि ठोस कार्ययोजना प्रस्तुत गर्नेछ। कार्यदललाई पाँच दिनभित्र सुझावसहितको कार्यान्वयन योजना पेश गर्न निर्देशन दिइएको छ।

Related News