गरिमा विकास बैंक : संस्थापक शेयर बिक्रीमा, २ लाख १२ हजार कित्ता भन्दा बढी शेयर खरिद गर्न पाउने अवसर
Author
NEPSE TRADING

गरिमा विकास बैंक लिमिटेडका केही संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेका कुल २,१२,८३४.६५ कित्ता संस्थापक शेयर बिक्री गर्ने निर्णय गरेका छन्। यसअघि प्रकाशित ३५ दिने सार्वजनिक सूचनापछि तोकिएको समयमा विद्यमान संस्थापक शेयरधनीहरूले आंशिक मात्र खरिदको निवेदन दिएका कारण बाँकी रहेका शेयर अब साधारण जनता तथा विभिन्न संस्थाहरूमाझ बिक्री गर्न लागिएको हो।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन नं. १०/२०८१ अनुसार अब इच्छुक व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ।
यस सम्बन्धमा थप जानकारीका लागि बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गर्न सकिने बैंकले आग्रह गरेको छ।