·

ग्लोबल आईएमई क्यापिटलले २० प्रतिशत नगद लाभांश घोषणा

Author

NEPSE TRADING

ग्लोबल आईएमई क्यापिटलले २० प्रतिशत नगद लाभांश घोषणा

ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बराबर अर्थात् करसहित ९ करोड ८७ लाख ८३ हजार रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न असोज १ गते वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयनमा दिउँसो ४:३० बजे बस्नेछ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, असार मसान्तसम्मको नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ। साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने, उनको पारिश्रमिक तोक्ने र स्वतन्त्र सञ्चालकका नियुक्तिलाई अनुमोदन गर्ने एजेन्डा रहनेछ।

Related News