ग्लोबल आइएमई: समुन्नत योजना–२' असार २२ देखि निष्काशन हुँदै
Author
Nepse trading

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाई निष्काशन गर्न लागेको छ। यो बन्दमुखी योजना प्रारम्भमा १.२० अर्ब रुपैयाँको कोष आकारबाट सुरु हुनेछ भने उच्च माग भएमा २५% वृद्धि गरी १.५० अर्ब रुपैयाँसम्म विस्तार गर्न सकिनेछ। प्रति इकाई मूल्य १० रुपैयाँ रहेको यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १.२० करोड इकाईसम्म लगानी गर्न सकिनेछ।
क्यापिटलले योजना १० वर्ष अवधिको हुने र वार्षिक औसत प्रतिफल २२.४९% रहने प्रक्षेपण गरेको छ। लगानीकर्ताले पहिलो ९ वर्षमा ८% देखि २०% सम्म लाभांश पाउने सम्भावना रहेको छ। आवेदनका लागि ‘मेरो शेयर’ अनलाइन प्रणाली तथा सबै आस्वा सदस्य बैंकबाट आवेदन दिन सकिनेछ। योजनाले पारदर्शिता, विविधीकरण, कर छुट, र व्यावसायिक व्यवस्थापनजस्ता कारणले दीर्घकालीन लाभ दिने जनाएको छ।