·
अन्तर्राष्ट्रीय दबाबले नेपालमा सुन–चाँदी सस्तो
Author
NEPSE TRADING

विश्व बजारमा बढ्दो अनिश्चितताले आज नेपाली बजारमा सुनचाँदीको दर पुनः ओरालो लागेको छ। बिहीबारको मूल्य भन्दा आज दुवै धातुको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
संघका अनुसार छापावाल सुन आज प्रतितोला रु १,३०० ले कम भएर रु २,४१,७०० मा झरेको छ। चाँदी पनि त्यसैगरी रु ८५ ले सस्तो भई प्रतितोला रु ३,१०० मा रोकिएको छ।
सुनको दर घट्नमा अन्तर्राष्ट्रीय बजारको प्रभाव प्रमुख रहेको बुझिन्छ। विश्व बजारमा अहिले एक औँस सुन करिब ४,०६२ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय स्रोतले जनाएका छन्।



