·
सुन र चाँदीको मूल्य घट्यो
Author
NEPSE TRADING

साउन ८ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। बुधबारको तुलनामा यो मूल्यमा गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन आज प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा २ हजार ४०० रुपैयाँले घटेको हो। बुधबारको बजारमा सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला २ हजार ३५० रुपैयाँमा पुगेर नयाँ कीर्तिमान बनाएको चाँदी बिहीबार १५ रुपैयाँ घटेर २ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ।