·
मंगलबार सुनचाँदीको मूल्यमा गिरावट
Author
NEPSE TRADING

नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १,२०० रुपैयाँले घटेको हो।
सो अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार भने यसै सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँ कायम थियो।
यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। सोमबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा रहेको चाँदी मंगलबार घटेर २ हजार ३०० रुपैयाँमा झरेको महासंघले जनाएको छ।