·

सुन र चाँदीको मूल्यमा गिरावट, आजको दर कति ?

Author

NEPSE TRADING

सुन र चाँदीको मूल्यमा गिरावट, आजको दर कति ?

असार ११ गते, बुधबार — नेपाली बजारमा आज पनि सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ५०० रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार सुनको मूल्य १ लाख ९३ हजार ५०० रुपैयाँ थियो। पछिल्ला दुई दिनदेखि सुनको मूल्य लगातार घटिरहेको देखिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। प्रतितोला २० रुपैयाँ घटेर हाल चाँदी २ हजार १४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भएको थियो। बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण नेपाली बजारमा पनि मूल्य घटबढ भइरहेको हो।

Related News