·

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, दुबै धातु ऐतिहासिक उच्च विन्दुमा

Author

NEPSE TRADING

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, दुबै धातु ऐतिहासिक उच्च विन्दुमा

पुस ७ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँले बढ्दै २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि पुस १ गते कायम भएको प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँको रेकर्डलाई तोड्दै सुनको मूल्यले नयाँ उचाइ बनाएको हो। आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि तोलामा १३० रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार २३५ रुपैयाँ पुगेको छ। यो मूल्य पनि हालसम्मकै उच्च हो। आइतबार चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो रेकर्डलाई तोड्दै चाँदीको मूल्यले पनि नयाँ उचाइ बनाएको छ।

Related News