·
सुनचाँदीको मूल्य नयाँ उच्चमा
Author
NEPSE TRADING

आज शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा पुगेको छ।
यसैगरी, चाँदीले पनि नयाँ रेकर्ड कायम गरेको छ। आज प्रतितोला चाँदीको मूल्य ५५ रुपैयाँले बढेर २ हजार ७४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य भएको बताइएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र मागमा आएको वृद्धि नै सुनचाँदीको मूल्य बढ्नुको प्रमुख कारण हो।



