·
नेपाली बजारमा सुन र चाँदीको मूल्य वृद्धि
Author
NEPSE TRADING

असार ८ गते, आइतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ९५ हजार २०० रुपैयाँमा पुगेको छ। गत शुक्रबार सो सुन १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको तुलनामा १० रुपैयाँले बढी हो।