·
सुनचाँदी बजारमा मूल्य वृद्धि, सुन प्रतितोला १,५०० रुपैयाँले बढेर १ लाख ९८ हजार ७०० रुपैयाँ
Author
NEPSE TRADING

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सुन प्रतितोला १,५०० रुपैयाँले बढेर १ लाख ९८ हजार ७०० रुपैयाँ पुगेको छ। सोमबार भने सुनको मूल्य घटेर १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यससँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। सोमबार प्रतितोला २,३५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ रुपैयाँले बढेर २,३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
हाल सुनचाँदी बजारमा मूल्यको उतारचढाव निरन्तर भइरहेका कारण उपभोक्ता र व्यवसायी दुवै सतर्क बनेका छन्।