·

नेपाली बजारमा सुन र चाँदीको मूल्य वृद्धि

Author

NEPSE TRADING

नेपाली बजारमा सुन र चाँदीको मूल्य वृद्धि

जेठ ८ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढेर १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात बुधबार यसको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य १ हजार ९९० रुपैयाँ थियो।

Related News