·

आइतबार सुनचाँदी महँगियो: सुन तोलामा २३०० र चाँदी ४० रुपैयाँ बढ्यो

Author

NEPSE TRADING

आइतबार सुनचाँदी महँगियो: सुन तोलामा २३०० र चाँदी ४० रुपैयाँ बढ्यो

आइतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। शुक्रबार तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसरी सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धी भएको छ। आइतबारको कारोबारमा चाँदी तोलामा ४० रुपैयाँले बढेर २३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Related News