·

सुनचाँदी व्यवसायीको माग: विलासिता कर र भ्याट खारेज गरिनुपर्छ

Author

NEPSE TRADING

सुनचाँदी व्यवसायीको माग: विलासिता कर र भ्याट खारेज गरिनुपर्छ

सुनचाँदी व्यवसायी तथा कालिगढहरूले सुनमा लगाइएको २% विलासिता कर र हिरा-जवाहरत पत्थरमा लगाइएको १३% भ्याट खारेज गर्न माग गरेका छन्।

नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको नेतृत्व गर्दै संयोजक विपिन रामुदामको टोलीले बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी उक्त करप्रति आपत्ति जनाउँदै खारेजीको माग राखेको हो।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्थमन्त्री पौडेलले बजेट भाषणमार्फत सुनमा दुई प्रतिशत विलासिता कर र हिरा-जवाहरत पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेका थिए।

व्यवसायीहरूको तर्फबाट प्रस्तुत गरिएको ज्ञापनमा उक्त निर्णयले व्यवसायमा गम्भीर असर परेको, व्यापार सन्कुचित हुने खतरा बढेको र कालोबजारी प्रोत्साहन हुने भन्दै सरकारलाई पुनर्विचार गर्न आग्रह गरिएको छ।

संयोजक रामुदामका अनुसार, यस निर्णयले आम व्यवसायी र कालिगढहरू समस्यामा परेकाले तत्काल कर खारेज गरिनुपर्ने आवश्यकता छ।

Related News