·
उच्च वृद्धिसँगै सुनको मूल्य रेकर्ड नजिक, चाँदीको मूल्य रेकर्डमा
Author
NEPSE TRADING

जेठ ३० गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य उच्च दरमा बढ्दै रेकर्डस्तर नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, छापावाल सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ४ हजार २०० रुपैयाँले बढी हो। यो मूल्य हालसम्मकै रेकर्ड मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँभन्दा मात्र ८ सय रुपैयाँले कम हो। यसैदिन चाँदीको मूल्यले भने नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन १५ रुपैयाँले घटेको चाँदीको मूल्य शुक्रबार पुनः १५ रुपैयाँले वृद्धि भई रेकर्ड स्तरमा पुगेको हो।