·

नेपालमा सुनको मूल्यले रेकर्ड तोड्यो, प्रतितोला २ लाख नजिक

Author

NEPSE TRADING

नेपालमा सुनको मूल्यले रेकर्ड तोड्यो, प्रतितोला २ लाख नजिक

साउन २३, शुक्रबार नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै उच्च बिन्दु छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ९९ हजार ४०० रुपैयाँमा पुगेको छ, जुन नेपालको इतिहासमै सबैभन्दा बढी मूल्य हो।

अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। त्यस दिन मूल्य स्थिर रहेको थियो भने बुधबारको रेकर्ड बिहीबार दोहोरिएको थियो। शुक्रबारको वृद्धिपछि सो रेकर्ड ब्रेक भएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ भने बिहीबार यो २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

Related News