·
सुनको मूल्य घट्यो, चाँदी ऐतिहासिक उचाइमा
Author
NEPSE TRADING

२०८२ भदौ ९ गते सोमबार, नेपाली सुनचाँदी बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य भने ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घट्दै १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ। आईतबार सुनको मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्यमा भने प्रतितोला ५ रुपैयाँले वृद्धि भई २ हजार ३५५ रुपैयाँ पुगेको छ। आईतबारको कारोबारमा चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। यस वृद्धि संगै, चाँदीले गत साउन ७ गते कायम भएको प्रतितोला २ हजार ३५० रुपैयाँको मूल्यलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको हो।