·
सुनको मूल्यमा १२ सयको वृद्धि, चाँदी १० रुपैयाँले सस्तो
Author
Nepse trading

बुधबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर एक लाख ९१ हजार ७ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यो मूल्य एक लाख ९० हजार ५०० रुपैयाँ थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ६४ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर २१४५ रुपैयाँमा झरेको छ। प्रति १० ग्राम चाँदीको मूल्य १८३९ रुपैयाँ निर्धारण गरिएको छ। सुनको मूल्यमा लगातार वृद्धिले बजारमा चहलपहल बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।