·

सुनको मूल्य सामान्य वृद्धि, चाँदी ऐतिहासिक उच्च विन्दुमा

Author

NEPSE TRADING

सुनको मूल्य सामान्य वृद्धि, चाँदी  ऐतिहासिक उच्च विन्दुमा

बुधबार, असार ४ गते नेपाली बजारमा सुनको मूल्य सामान्य रुपमा वृद्धि भएको छ भने चाँदीको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबार १ लाख ९५ हजार ५०० रुपैयाँमा थियो। त्यस्तै, चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर २ हजार २२५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसले जेठ २७ गते कायम भएको २ हजार १६५ रुपैयाँको रेकर्डलाई तोडेको हो। चाँदीको यो तीव्र वृद्धिले बहुमूल्य धातुको बजारमा नयाँ उचाइ देखाएको छ।

Related News