नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्य नयाँ उच्चतम बिन्दुमा
Author
NEPSE TRADING

जेठ २३ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य हालसम्मकै महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्यले भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यस दिन चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि गत वर्षको कात्तिक ७ गते चाँदी प्रतितोला २ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यले सो दिनको रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको हो। बिहीबारको तुलनामा भने यस दिन चाँदीको मूल्य तोलामा ७५ रुपैयाँ बढेको हो।