·
सुनको मूल्य १ लाख ९९ हजार पुग्यो, चाँदीमा सामान्य गिरावट
Author
NEPSE TRADING

नेपालमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ९९ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ (FENEGOSIDA) का अनुसार यसअघि १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज बढेको हो। त्यस्तै, तेजाबी सुनको मूल्य पनि ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९८ हजार ३ सय रुपैयाँ पुगेको छ। तर, चाँदीको मूल्य भने घटेको छ। प्रतितोला १५ रुपैयाँले घटेर चाँदी हाल २ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।