·

खराब कर्जा व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने, न्यूओ बैंक खोल्ने सरकारको घोषणा

Author

NEPSE trading

खराब कर्जा व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने, न्यूओ बैंक खोल्ने सरकारको घोषणा

काठमाडौं, जेठ १५ – सरकारले बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (Non-Performing Loans) व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको स्थायित्व र जोखिम न्यूनीकरणका लागि यस्तो कम्पनी आवश्यक रहेको बताए।

एसेट म्यानेजमेन्ट कम्पनीले बैंक तथा वित्तीय संस्थाको असुल गर्न नसकिएको कर्जा व्यवस्थापन, पुनःसङ्गठित गर्नुपर्ने सम्पत्ति तथा विलय प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।

साथै, अर्थमन्त्री पौडेलले पूर्ण डिजिटल बैंकको रूपमा 'न्यूओ बैंक' (Neo Bank) स्थापना गर्ने घोषणा पनि गरेका छन्। यो बैंकले शाखारहित बैंकिङ सेवा, डिजिटल लेनदेनको प्रवर्द्धन र ग्राहक पहुँचलाई थप सरल बनाउने लक्ष्य लिएको छ।

सरकारका यी निर्णयहरूले वित्तीय क्षेत्रको दक्षता, पारदर्शिता र डिजिटल रूपान्तरणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

Related News