·

सरकारले आज १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै, आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक

Author

NEPSE TRADING

सरकारले आज १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै, आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज साउन ७ गते १० अर्ब रुपैयाँ बराबरको तीन वर्षे ‘विकास ऋणपत्र–२०८५’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्दैछ। बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोल हुने र नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार समेत हुने छ। अर्धवार्षिक ब्याजसहित आयकर लाग्ने यो ऋणपत्र धितो राखी कर्जा लिन सकिनेछ।

यस वर्ष सरकारले कुल ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। साउनदेखि असोजसम्म १ खर्ब १३ अर्ब, कात्तिकदेखि पुससम्म ८५ अर्ब, माघदेखि चैतसम्म १ खर्ब ९ अर्ब र वैशाखदेखि असारसम्म ५५ अर्ब आन्तरिक ऋण उठाइनेछ।

यस अन्तर्गत विकास ऋणपत्र, ट्रेजरी बिल, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ। हालको बजेटमा राजस्व, आन्तरिक तथा बाह्य ऋण र अनुदान गरी १९ खर्ब ६४ अर्ब बराबरको खर्च व्यवस्थापन गरिने उल्लेख छ।

Related News