·
गभर्नर सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु
Author
NEPSE trading

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठित समितिको बैठक केहीबेर अघि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको छ। मंगलबार साँझ ४:४३ बजे सुरु भएको यो बैठकले गभर्नर नियुक्तिको टुंगो लगाउने अपेक्षा गरिएको छ।
स्रोतका अनुसार, सत्तारुढ दलहरूबीच प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ। लामो समयदेखि गभर्नर नियुक्तिको विषयमा देखिएको अन्योलता यो बैठकले अन्त्य गर्ने विश्वास गरिएको छ।
प्रा.डा. पौडेल अनुभवी अर्थशास्त्री हुन् र उनको नियुक्तिले आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। बैठकको निर्णय औपचारिक रूपमा घोषणा भएपछि थप विवरण आउने बताइएको छ।