·

ग्रीनलाइफ हाइड्रोपावरले एकैपटक तीन वार्षिक साधारणसभा गर्दै

Author

NEPSE trading

ग्रीनलाइफ हाइड्रोपावरले एकैपटक तीन वार्षिक साधारणसभा गर्दै

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले आज एकैसाथ १३औँ, १४औँ र १५औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ । सभा बिहान ११ बजेदेखि नक्सालस्थित लिसारा रिसेप्सनमा सुरु हुनेछ ।

तीन वर्षदेखि रोकिएको साधारणसभामा आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्मका वार्षिक तथा आर्थिक प्रतिवेदन स्वीकृत गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि अनुमोदन हुनेछ ।

विशेष प्रस्तावअन्तर्गत सभाले १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गते बुक क्लोज गरेको छ । कात्तिक ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन् ।

Related News