·

गभर्नर पौडेलको नियुक्ति बदर माग गर्दै दायर रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

Author

NEPSE trading

गभर्नर पौडेलको नियुक्ति बदर माग गर्दै दायर रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीलगायतले गत शुक्रबार सर्वोच्च प्रशासनमा पेश गरेको रिट दरपीठ भए पनि मंगलबार मुद्दा दर्ता भएपछि आजका लागि पेसी तोकिएको हो।

रिट निवेदनमा प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई नियुक्तिको सिफारिस गर्दै सिफारिस समितिकै पदाधिकारीले राजीनामा दिई आफैं छनोट भएको उल्लेख गर्दै यसले सुशासनको धज्जी उडाएको आरोप लगाइएको छ।

यसबाहेक, गभर्नर पौडेललाई मौद्रिक नीतिसम्बन्धी आवश्यक अनुभव नभएको, बैंकिङ तथा वाणिज्य क्षेत्रको औपचारिक योग्यता नभएको तथा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार शैक्षिक योग्यता नपुगेको दाबी गरिएको छ। उनीसँग ग्रामीण विकास अर्थशास्त्रमा शैक्षिक योग्यता भए पनि यो क्षेत्रका लागि अपुग भएको जनाइएको छ।

रिटमार्फत मुद्दाको अन्तिम टुंगो नलागेसम्म गभर्नरले राष्ट्रिय महत्वका निर्णयहरू गर्न नपाउने र नोटमा हस्ताक्षर गर्न नदिने अन्तरिम आदेश माग गरिएको छ।

Related News