हिम स्टार ऊर्जा कम्पनीको ३७ करोड ३० लाख रूपैयाँबराबरको IPO निस्कासन
Author
Nepse trading

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपिओ बाँडफाँट गरेपछि अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ। कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ लाख १९ हजार कित्ता सेयरमध्ये ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो। कर्मचारीहरूका लागि १८ हजार ६५० र सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता सेयर सुरक्षित गरिएको छ।
यो आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन असार २७ गतेसम्म दिन सकिनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा अवधि साउन ६ गतेसम्म लम्बिन सक्छ। कम्पनीलाई इक्रा नेपालले ‘ICRA NP Issuer Rating Double B Minus’ प्रदान गरेको छ, जसले औसत स्तरको जोखिम रहेको देखाउँछ। बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ र लगानीकर्ताहरूले सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।