·

हिमालयन बैंकलाई एफपीओ निष्कासनको अनुमति, प्रतिकित्ता मूल्य १५७ रुपैयाँ

Author

NEPSE TRADING

हिमालयन बैंकलाई एफपीओ निष्कासनको अनुमति, प्रतिकित्ता मूल्य १५७ रुपैयाँ

नेपाल धितोपत्र बोर्डले हिमालयन बैंक लिमिटेडलाई एफपीओ (Follow-on Public Offering) निष्कासनको अनुमति दिएको छ।

बोर्डले असार २२ गते अनुमति दिएसँगै बैंकले अब १ अर्ब ५६ करोड ३३ लाख २९ हजार २६१ रुपैयाँबराबरको एफपीओ निष्कासन गर्नेछ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थपेर कुल १५७ रुपैयाँमा एफपीओ बिक्री खुला गर्ने भएको छ।

अब छिट्टै हिमालयन बैंकले एफपीओको निष्कासन तथा बिक्री मिति सार्वजनिक गर्ने तयारी गरेको छ। यसबाट बैंकको सेयरधनी संरचनामा विविधता आउने अपेक्षा गरिएको छ।

Related News