·

हिमालयन बैंकको एफपीओ खुला, साउन ४ गतेसम्म आवेदन दिन सकिने

Author

NepseTrading

हिमालयन बैंकको एफपीओ खुला, साउन ४ गतेसम्म आवेदन दिन सकिने

हिमालयन बैंक लिमिटेडले आज (असार ३२ गते) बाट थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार सर्वसाधारणको हिस्सा ३०% पुर्‍याउने उद्देश्यले बैंकले एफपीओ ल्याउने भएको हो। हाल २७.०१% सर्वसाधारण सेयर रहेको बैंकले अब १ अर्ब ४५ करोड २३ लाख रुपैयाँ बराबरको ९२ लाख ५० हजार कित्ता सेयर प्रतिकित्ता १५७ रुपैयाँमा निष्काशन गर्ने भएको छ। यसपछि बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ।

एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम मागसम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद साउन ४ गते तोकिएको छ भने माग नपुगेमा साउन १४ सम्म खुला रहनेछ। एफपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी BBB’ रेटिङ दिएको छ, जसले मध्यम स्तरको जोखिम देखाउँछ। शेयर बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ भने आवेदन ‘मेरो शेयर’ मार्फत सि–आस्बा प्रणाली प्रयोग गरेर दिन सकिनेछ।

Related News