हिमालयन लाइफ इन्स्योरेन्सको ८ प्रतिशत नगद लाभांश घोषणा
Author
NEPSE trading

हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
कम्पनीको सञ्चालक समितिको जेठ १४ गते बसेको बैठकले हाल कायम चुक्तापुँजीको आधारमा नगद लाभांश दिने निर्णय गरेको हो। हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ रहेको छ। उक्त पूँजीको ८ प्रतिशतका दरले कम्पनीले शेयरधनीहरूलाई ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।
घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कम्पनीले जनाएको छ।
यस निर्णयले कम्पनीका शेयरधनीहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।