ऐतिहासिक लाभकर संकलन : ११ महिनामै १५ अर्ब नाघ्यो, सेयर बजारमा ट्रेन्डरहरूको दबदबा
Author
NEPSE TRADING

चालु आर्थिक वर्ष २०८१/८२ मा सेयर कारोबारबाट संकलन हुने पुँजीगत लाभकरमा ऐतिहासिक वृद्धि भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) का अनुसार, जेठ महिनासम्म मात्रै १५ अर्ब ३० करोड ९८ लाख रुपैयाँभन्दा बढी लाभकर संकलन भइसकेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो संकलन हो ।
विश्लेषकहरूले यो संख्यालाई “रेकर्ड ब्रेकर” भन्दै व्याख्या गरिरहेका छन् । असार महिनाको कारोबार अझै बाँकी रहेको हुँदा यो वर्षको अन्तिम संकलन अझै माथि जाने प्रक्षेपण गरिएको छ ।
२०७६/७७ – ९८ करोड ५२ लाख
२०७७/७८ – १४ अर्ब १३ करोड
२०७८/७९ – १० अर्ब ३५ करोड
२०७९/८० – २ अर्ब ९७ करोड
२०८०/८१ – ५ अर्ब ५० करोड
२०८१/८२ (११ महिना) – १५ अर्ब ३० करोड
यी आँकडाबाट चालु वर्षको संकलन सबैभन्दा माथि रहेको प्रष्ट देखिन्छ ।
बजार विश्लेषकहरूका अनुसार, सेयर बजारमा खुद्रा तथा संस्थागत लगानीकर्ता दुवैको सक्रियता, उच्च कारोबार मात्रा, र लाभकर संकलनको प्रणालीगत कडाइ प्रमुख कारण हुन् । साथै, बजारमा ट्रेन्डर (ट्रेडिङमार्फत छोटो अवधिको नाफा खोज्ने) समूहको प्रभाव बढिरहेको र तिनकै सक्रियताले कारोबार दरमा तीव्रता आएको विश्लेषण गरिएको छ ।
पुँजीगत लाभकरबाट संकलन हुने राजस्वले अब सरकारको स्थायी स्रोत बन्ने संकेत देखिएको छ । यस्तो वृद्धि सरकारले कर प्रणाली सुधारमार्फत थप पारदर्शिता र राजस्व संकलनमा बल दिने अवसर पनि हो ।
यस वर्षको लाभकर संकलनले नेपाली सेयर बजारको विकासक्रममा एउटा ऐतिहासिक मोड बनाएको छ ।