नेपालको शेयर बजारको इतिहास
Author
Dipesh Ghimire

वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपछि नै नेपालमा शेयर कारोबार सुरु भएको मानिन्छ । नेपाल बैंक र जुट मिल्स आफैले शेयर विक्री व्यावस्थापन गरेका थिए । वि.सं. २०२१ मा कम्पनी ऐन आएपछि पहिलो पटक सरकारी ऋणपत्र पनि जारी भयो । त्यसबेलासम्म पनि धितोपत्र कारोबार गर्ने व्यवस्थित संयन्त्र र निकाय थिएनन् । वि.सं. २०३३ सालमा धितोपत्र खरीदविक्री केन्द्रको नामबाट सेक्युरिटीज एक्सचोज सेन्टरको स्थापना भएपछि विधिवत रुपमा नेपालमा पूँजी बजारको सुरुवात भएको हो ।
सरकारी ऋणपत्र तथा सार्वजनिक संस्थाको शेयर खरीदविक्रीको अख्तियार पाएको उक्त केन्द्रको स्थापनापछि दोस्रो बजारको उल्लेख्य विकास हुने अपेक्षा गरिएको थियो । तर केन्द्रले गर्नुपर्ने काम नीतिगत र संस्थागत व्यवस्थाका कारण प्रभावित भएको थियो । केन्द्रको भूमिका प्रभावकारी बनाउन वि.सं २०४० मा धितोपत्र कारोबार ऐन ल्याइयो । वि.सं २०४३ सालमा ऐनमा संसोधन पनि भयो । तरपनि पूँजी बजारमा अपेक्षा गरिए अनुसारको विकास हुन भने सकेन् ।
वि।सं। २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालले अबलम्बन गरेको आर्थिक उदारिकरणको नीतिले पूँजीबजारलाई गतिशील बनाउन ठूलो सहयोग गर्यो । ‘धितोपत्र कारोबार ऐन २०४०’ को दोस्रो संशोधन गरी वि।सं। २०५० जेठ २५ गते नेपाल धितोपत्र वोर्डको स्थापना भयो । त्यस्तै ५० सालकै पुष २९ गते धितोपत्र खरीदविक्री केन्द्रलाई नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रुपान्तरण गरियो । त्यसपछि मात्र नेप्से परिसूचक गणना हुन थालेको हो ।
पूँजीबजार साचालनमा सुधार गर्न र दोस्रो बजारमा धितोपत्र कारोबारलाई अझ सहज बनाउने उद्देश्यले वि।सं। २०६३मा सरकारले ‘धितोपत्रसम्बन्धी ऐन २०६३’ लागु ग¥यो । त्यस्तै पूँजीबजार व्यवस्थित गर्न ‘धितोपत्र बजार सञ्चालन नियमावली २०६४’ पनि आयो । हाल नेपालको पूँजीबजार तथा धितोपत्र कारोबारलाई यही ऐन तथा नियमावलीले निर्देशित गरेको छ ।
वि।सं। १९९४ मा अर्थमन्त्रालयकै एउटा कुनाबाट सुरु भएको शेयर कारोबार काठमाडौंको न्यूरोडस्थित नेपाल बैंक लिमिटेडको भवन र डिल्लीबजार हुँदै अहिले भद्रकाली स्थित नेपाल स्टक एक्स्चेन्जको कार्यालयबाट हुँदै आएको छ । सुरुवातमा कार्यलयमा कारोबार गर्न लगानीकर्ताको भीडभाड हुनेगरेकोमा पछिल्लो समय ब्रोकर कार्यालयबाटै कारोबार हुने गरेकोछ । अहिले नेप्सेले स्वचालित अनलाइन प्रणालीमार्फत कारोबार सुरुगरेपछि घर–घरबाटै इन्टरनेटको माध्यमबाट शेयर खरिदविक्री भै रहेको छ ।
शेयर कारोबारका हिसावले करीब ८ दशकको इतिहास रहेपनि नेपाल स्टक एक्स्चेन्जले पछिल्लो दुई दशकमा निकै ठूलो फड्को मारेको छ । वि।सं। २०६४ सालमा अटोमेसन प्रणालीमर्फत कारोबार सुरु गरेको नेप्सेले वि.सं . २०६७ मा सिडिएस एण्ड क्लियरिङ हाउसको स्थापना ग¥यो । तर लामो समय सम्म सिडएसले काम गर्न सकेन । तर वि।सं। २०७२ देखि शेयर अभौतिकीकरण सुरु भएपछि कारोबारमा सहज भयो । यसले नेपालको शेयर बजारमा कारोबारलाई थप सुरक्षित बनाएको छ । यसैबीच नेपाल धितोपत्र वोर्डले पनि बजार सुधारका नीतिगत रुपमा धेरै काम गरेको छ । हाल पुँजि बजारमा सक्रिय लगानकिर्ताहरुको सङख्या दिनप्रति दिन बढ्दै गईरहेको छ ।
नेपाल धितोपत्र बोर्डको सहयोगमा तयार पारिएको सामाग्री