·

सुनचाँदीको भाउमा वृद्धि: सुन १ लाख ९४ हजार ८०० मा कारोबार

Author

NEPSE TRADING

सुनचाँदीको भाउमा वृद्धि:  सुन १ लाख ९४ हजार ८०० मा कारोबार

नेपाली बजारमा तीन दिन लागातार घटेको सुनचाँदीको भाउ आज बढेको छ। आज सुनको भाउ तोलामा एक हजार तीन सय र चाँदी ३५ रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै आज बिहीबार छापावाला सुन प्रतितोला एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

सुन बुधबार प्रतितोला एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। सुनको भाउ १,३०० र चाँदीको ३५ रुपैयाँ वृद्धि भएको छ।

यता बुधबार प्रतितोला दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आज बढेर दुई हजार दुई सय ९० रुपैयाँ कायम भएको छ।

Related News