·

बढ्दो तरलता र घट्दो ब्याजदर

Author

Nepse trading

बढ्दो तरलता र घट्दो ब्याजदर

सरकारले आउँदो मंगलबार २८ अर्ब १० करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। तरलता बढ्दै र ब्याजदर घट्दै जाँदा आन्तरिक ऋण परिचालनलाई प्राथमिकता दिँदै तीन प्रकारका ट्रेजरी बिल जारी गर्न लागिएको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ९१ दिने, १८२ दिने र ३६४ दिने अवधिका बिल जारी हुनेछ। १८२ दिनका लागि १३ अर्ब र ३६४ दिनका लागि २ अर्ब रुपियाँ नवीकरण गरिनेछ भने ९१ दिनका लागि ८ अर्ब १ ० करोड पुरानो र ५ अर्ब नयाँ बिल जारी गरिनेछ। आवेदन सोमबारसम्म दिन सकिनेछ।

Related News