·

नेपालमा बीमाको पहुँच नयाँ रेकर्डमा: ४७.३९ प्रतिशत नागरिकमा पुग्यो

Author

NEPSE trading

नेपालमा बीमाको पहुँच नयाँ रेकर्डमा: ४७.३९ प्रतिशत नागरिकमा पुग्यो

नेपालमा बीमाको पहुँच हालसम्मकै उच्च ४७.३९ प्रतिशत नागरिकमा पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार, बैशाख मसान्तसम्म बीमाको पहुँच २.७५ प्रतिशतले वृद्धि भएको हो। यसअघि गत चैत मसान्तमा ४४.६४ प्रतिशतको रेकर्ड थियो।

म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख हटाउँदा १६.७७ प्रतिशत नागरिकमा बीमा पहुँच पुगेको छ, भने वैदेशिक रोजगार जीवन बीमालेख बाहेक ३९.३१ प्रतिशत नागरिकमा बीमा पहुँच पुगेको छ। सक्रिय जीवन बीमालेखको संख्या १ करोड ५३ लाख ६ हजार ९९३ पुगेको छ।

बीमाशुल्क संकलनमा १५.५५ प्रतिशतको वृद्धि हुँदै चालु वर्षको बैशाख मसान्तसम्म १ खर्ब ४० अर्ब ३५ करोड रुपैयाँ संकलन भएको छ। बीमा क्षेत्रको विकासमा लघुबीमा कम्पनीहरूको आगमन र बीमा प्राधिकरणको स्थानीय स्तरमा गरिएको कार्यक्रमले योगदान पुर्याएको छ।

Related News