अन्तरिम सरकारका अर्थमन्त्री खनालले सुविधा नलिने घोषणा
Author
NEPSE TRADING

अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी पाएका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने घोषणा गरेका छन्।
सपथ लिनुअघि नै खनालले आफूले पदसँग जोडिएका कुनै सुविधा नलिने स्पष्ट पारेका हुन्। उनले व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) समेत नलिने बताएका छन्।
खनाल पूर्वअर्थसचिव हुन्। अर्थतन्त्रका कमजोरी, समस्या कहाँ छन्, तत्काल के गर्नुपर्ने हो र दीर्घकालीन समाधान के हुन सक्छ भन्ने विषयमा गहिरो अध्ययन र अनुभव भएको व्यक्तिका रुपमा उनी चर्चित छन्। यही कारणले वर्तमान जटिल अवस्थामा उनको नेतृत्वलाई उपयुक्त ठानिएको हो।
खनालको यो निर्णयलाई राजनीतिक र आर्थिक वृत्तमा फरक दृष्टिले हेरिएको छ। कतिपयले यसलाई नेतृत्वको इमानदारी र सादगीको सन्देशका रूपमा व्याख्या गरेका छन् भने यसले आम जनतामा राजनीतिप्रति सकारात्मक धारणा बनाउन सहयोग गर्ने विश्वास लिएको देखिन्छ।