·

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न

Author

NEPSE TRADING

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि भदौ ३ गतेसम्म बिक्री खुला गरेको साधारण शेयर (आईपीओ) आज बाँडफाँट भएको छ।

आईपीओ बाँडफाँटमा १९ हजार ५१४ जना लगानीकर्ताले १०–१० कित्ता शेयर प्राप्त गरेका छन् भने भाग्यमानी ५ जनाले ११–११ कित्ता शेयर हात पारेका छन्।

लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ, मेरोसेयर खातामार्फत वा सीडीएस एण्ड क्लियरिङ (https://iporesult.cdsc.com.np/) र कम्पनीको वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन्।

यसअघि लघुवित्तलाई कुल जारी पुँजीको ४० प्रतिशत बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति प्राप्त भएको थियो। पहिलो चरणमा कम्पनीले १,१५५ कित्ता कर्मचारीका लागि, ११,५५० कित्ता सामूहिक लगानी कोषका लागि र २३,१०० कित्ता विदेशमा कार्यरत नेपालीका लागि सुरक्षित गरेको थियो।

त्यसपछि बाँकी १ लाख ९५ हजार १९५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।

Related News