·

ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने समय एक दिन थप

Author

NEPSE trading

ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने समय एक दिन थप

काठमाडौं — ट्रेड टावर लिमिटेडले जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने म्याद एक दिन थप गरिएको छ। बिक्री प्रबन्धक एलएस क्यापिटलका अनुसार आइतबार जेठ १८ गते भोटो जात्राको सार्वजनिक बिदा परेकाले आवेदन दिने समय अब जेठ २० गतेसम्म लम्ब्याइएको हो।

यसअघि कम्पनीले आईपीओमा आवेदन दिनको लागि अन्तिम म्याद जेठ १९ गते तोकेको थियो। तर सार्वजनिक बिदा परेकाले अब इच्छुक लगानीकर्ताले एक दिन थप गरी सोमबारसम्म आवेदन दिन सक्नेछन्।

ट्रेड टावर लिमिटेडले ८१ करोड ५६ लाख रुपैयाँ बराबरको जारी पुँजीमध्ये ४८.६९६ प्रतिशत अर्थात् ३९ करोड ७१ लाख ६९ हजार रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो।

शेयर वितरण विवरण:

  • वैदेशिक रोजगारमा रहेका नेपालीका लागि १०% अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता शेयर वितरण भइसकेको छ।

  • कम्पनीका कर्मचारीका लागि ७९ हजार ४३३ कित्ता छुट्याइएको छ।

  • सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८५ कित्ता बाँडफाँड गरिएको छ।

  • आम सर्वसाधारणका लागि भने कुल ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा खुला गरिएको हो।

संकलन रकमको उपयोग:

कम्पनीले आईपीओ बिक्रीबाट उठ्ने ३९ करोड ७१ लाख रुपैयाँमध्ये:

  • ३० करोड रुपैयाँ लक्ष्मी सनराइज बैंकको कर्जा र ब्याज भुक्तानीका लागि प्रयोग गरिनेछ।

  • ९ करोड रुपैयाँ होटल क्रिस्टल पशुपतिको क्षमता वृद्धि, थप कोठा निर्माण र सोना स्पा सेवा विस्तारमा खर्च गरिनेछ।

  • बाँकी ७१ लाख ६९ हजार रुपैयाँ ट्रेड टावर थापाथलीस्थित भवनको डोम तथा छाना मर्मतका लागि छुट्याइएको छ।

लगानीकर्ताहरुका लागि यो आईपीओ थप एक दिनको अवसर हो, जसमा सोमबारसम्म आवेदन दिन सकिने भएकाले चाँडै आवेदन दिन सम्बन्धित पक्षको सुझाव रहेको छ।

Related News