बुंगल हाइड्रोको आईपीओमा आवेदन दिने म्याद साउन २६ सम्म बढ्यो
Author
NEPSE TRADING

बुंगल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने म्याद थप गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रबाट पर्याप्त आवेदन नपरेपछि साउन २६ गतेसम्मका लागि म्याद थप गरेको हो। यद्यपि वैदेशिक रोजगारीमा रहेका नेपालीले भने आज (साउन ११ गते) सम्म मात्र आवेदन दिन सक्नेछन्।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त अनुसार, कम्पनीले कुल जारी पूँजीको ३५ प्रतिशत अर्थात २९ लाख ५ हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँ दरले निष्कासन गरेको हो। जसमा आयोजनाबाट प्रभावित बझाङ जिल्लाका विभिन्न वडाका बासिन्दाका लागि ८ लाख ३० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ७ हजार ५ सय कित्ता शेयर छुट्याइएको छ।
आयोजना प्रभावित क्षेत्रभित्र पर्न आउने बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नं. ६ (साबिक पिपलकोट गाविस वडा नं. ४, ५, ७), वडा नं. ७ (साबिक कफल्सेरी गाविस वडा नं. १०), तथा सामान्य प्रभावित क्षेत्रअन्तर्गत वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११ का स्थायी बासिन्दाले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। पहिलो चरणको बाँडफाँटपछि बाँकी शेयर सर्वसाधारणमा निष्कासन गरिनेछ।