·

झापा इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन सुरु

Author

NEPSE TRADING

झापा इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन सुरु

झापा इनर्जी लिमिटेडले आज (भदौ २० गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल ९ लाख ५० हजार ४७५ कित्ता शेयर नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते प्राप्त स्वीकृतिअनुसार निष्काशन गर्न लागेको हो।

यसअघि कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री गरिसकेको छ। त्यस्तै, २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोष र ११ हजार ४०६ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ।

अब बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि उपलब्ध हुनेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। भदौ २४ गतेभित्र आवेदन दिन सकिने भए पनि पर्याप्त आवेदन नपरेमा असोज ३ गतेसम्म म्याद थपिने व्यवस्था गरिएको छ।

हालको बजार प्रवृत्तिअनुसार तोकिएको समयमा नै अत्यधिक आवेदन पर्ने प्रक्षेपण गरिएको छ। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

Related News