·

झापा इनर्जी लिमिटेडको आईपीओ भदौ २० गतेदेखि सर्वसाधारणका लागि खुला

Author

NEPSE TRADING

झापा इनर्जी लिमिटेडको आईपीओ भदौ २० गतेदेखि सर्वसाधारणका लागि खुला

झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट असार ३१ गते अनुमति पाएको हो।

यसअघि कम्पनीले कुल निष्काशनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ।

त्यस्तै, २८ हजार ५१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई र ११ हजार ४०६ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्न लागिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद भदौ २४ गतेसम्म रहनेछ। सो अवधिभित्र मागअनुसार आवेदन नपरेमा असोज ३ गतेसम्म म्याद थप हुने व्यवस्था छ। तर पछिल्ला आईपीओमा देखिएको लगानीकर्ताको चापलाई ध्यानमा राख्दा निर्धारित म्यादभित्रै अत्यधिक आवेदन पर्ने सम्भावना रहेको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

Related News