·

झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्दै

Author

NEPSE TRADING

झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्दै

झापा इनर्जी लिमिटेडले आगामी साउन १४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको छ।

नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा जम्मा ९ लाख ५० हजार ४७५ कित्ता शेयर सार्वजनिक निष्कासन गर्नेछ। त्यसमा आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता शेयर छुट्याइएको छ।

आयोजना प्रभावितमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर आयोजनास्थल झापा, शिवसताक्षी नगरपालिका–४ को १०० मिटरभित्र बस्नेहरूका लागि र बाँकी १ लाख ९० हजार ९५ कित्ता सो क्षेत्रबाहिरका स्थानीयहरूका लागि छुट्याइएको छ।

न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाइनेछ। आवेदन फाराम हिमालयन बैंकका दूधे, दमक, सुरुंगा शाखा र माछापुच्छ्रे बैंकको दमक, सुरुंगा शाखाबाट प्राप्त र बुझाउन सकिनेछ।

आयोजना प्रभावितका लागि आईपीओ आवेदन छिटोमा साउन २८ र ढिलोमा भदौ १२ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन १८ गतेदेखि साउन २८ गतेभित्र आवेदन दिनुपर्नेछ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

Related News