·

झापा इनर्जीले ल्याउँदै ९.५० लाख कित्ता आईपीओ, धितोपत्र बोर्डको स्वीकृति

Author

NEPSE TRADING

झापा इनर्जीले ल्याउँदै ९.५० लाख कित्ता आईपीओ, धितोपत्र बोर्डको स्वीकृति

नेपाल धितोपत्र बोर्डले झापा इनर्जी लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति प्रदान गरेको छ। असार ३१ गते बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले कुल ९ करोड ५० लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता सेयर सर्वसाधारणका लागि ल्याउने तयारी गरेको हो।

कम्पनीले निर्माण सम्पन्न गरिसकेको १० मेगावाट क्षमताको सौर्य विद्युत आयोजना २०८० साल माघ १० गतेदेखि विधिवत् रुपमा उत्पादनमा आइसकेको छ। उक्त सेयर निष्कासनको बिक्री व्यवस्थापन हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ।

Related News