पूँजी बजार सुधारका लागि तीन संघको राष्ट्र बैंकलाई संयुक्त सुझाव
Author
Nepse Trading

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति तर्जुमा गरिरहेका बेला शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, र स्वतन्त्र पुँजिबजार लगानीकर्ता संघले चार बुँदे संयुक्त सुझाव पेश गरेका छन्।
सुझावमा पहिलो, १५ करोडको Single Obligator सीमा हटाउन माग गरिएको छ। दोस्रो, लघुवित्त संस्थालाई १५% लाभांश सीमा हटाई कार्यसम्पादन अनुसार स्वतन्त्रता दिनु पर्ने भनिएको छ। तेस्रो, बैंक तथा वित्तीय संस्थाको शेयर लगानी सीमा बैंक तथा वित्तीय संस्था ऐन २०७३ अनुसार पुनःनिर्धारण गर्नुपर्ने माग छ। चौथो, गैरआवासीय नेपाली (NRN) ले नाफा सजिलै विदेश लैजान सक्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ।
सुझावपत्रमा उल्लेख गरिएअनुसार हालसम्म ६८ लाख लगानीकर्ता पूँजी बजारमा संलग्न छन् र ४५ खर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ। चालु आवको जेठ मसान्तसम्म १५ अर्ब ३० करोड पूँजिगत लाभकर संकलन भएको छ।