·

जोशी हाइड्रोपावरले हकप्रद सेयर बाँडफाँड गर्यो, बाँकी सेयर लिलामीमार्फत बिक्री हुने

Author

NEPSE TRADING

जोशी हाइड्रोपावरले हकप्रद सेयर बाँडफाँड गर्यो, बाँकी सेयर लिलामीमार्फत बिक्री हुने

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ देखि भदौ १९ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले रितपूर्वक आवेदन दिएका सेयरधनीहरुलाई कुल २२ लाख २४ हजार १७३ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो।

यसअघि कम्पनीले असार ७ गतेसम्म कायम रहेका सेयरधनीका लागि प्रतिकित्ता १०० रुपैयाँको दरमा १ बराबर ०.६५ कित्ताका दरले २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। तर, बाँडफाँडपछि अझै १ लाख ८९ हजार ९२७ कित्ता सेयर बाँकी रहेको छ।

कम्पनीले बाँकी सेयरहरूलाई न्यूनतम १०० रुपैयाँ अंकित मूल्यमा सबै इच्छुकले किन्न पाउने गरी लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको छ।

Related News