·

ज्योति क्यापिटलको तेस्रो वार्षिक साधारणसभा असोज १० गते, ७% नगद लाभांश दिने प्रस्ताव

Author

NEPSE TRADING

ज्योति क्यापिटलको तेस्रो वार्षिक साधारणसभा असोज १० गते, ७% नगद लाभांश दिने प्रस्ताव

ज्योति क्यापिटल लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा २०८२ साल असोज १० गते आयोजना गर्ने भएको छ। सभा ज्योति विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ।

साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन पारित गर्ने, अडिटरको प्रतिवेदनसहित नाफा–नोक्सानी विवरण, वासलात, नगद प्रवाह विवरण स्वीकृत गर्ने एजेन्डा रहेका छन्। साथै, सञ्चालक समितिले प्रस्ताव गरेको करसहित ७% नगद लाभांश (रु. १.४७ करोड बराबर) वितरण गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित गरिनेछ।

त्यस बाहेक आवश्यक अन्य एजेन्डाहरू समेत सभामा पेश गरिने कम्पनीले जनाएको छ।

यसका लागि कम्पनीले भदौ २० गतेलाई किताब बन्द मिति तोकेको छ। सो मितिभन्दा अघि नामसारी भइसकेका सेयरधनीहरूले साधारणसभामा सहभागी हुने र लाभांश प्राप्त गर्ने अधिकार पाउनेछन्।

Related News