·

कालिका लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी उल्लेख्य रूपमा वृद्धि

Author

NEPSE TRADING

कालिका लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी उल्लेख्य रूपमा वृद्धि

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको वित्तीय प्रदर्शन अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा सुधार भएको देखिन्छ।

गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तले १० करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ७ करोड ९२ लाखको तुलनामा ३६.४२ प्रतिशतले वृद्धि हो। यो वृद्धि खुद ब्याज आम्दानी ५०.२९ प्रतिशत र अन्य सञ्चालन आम्दानी ८३.८८ प्रतिशतले बढेपछि भएको हो। कुल सञ्चालन आम्दानी ५४.९८ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा ९५.८९ प्रतिशतले बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी (EPS) पनि ५ रुपैयाँ २३ पैसाले बढेर २६ रुपैयाँ ५१ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात (P/E ratio) ३९.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ४४ पैसा पुगेको छ।

४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कालिका लघुवित्तको जगेडा कोषमा ३५ करोड २४ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले १ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

Related News