·

कालिञ्चोक दर्शनले ५% बोनससहित AGM बोलायो

Author

Nepse trading

कालिञ्चोक दर्शनले ५% बोनससहित AGM बोलायो

कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले पुस १५ गते, मंगलबार, काठमाडौँको गौशालास्थित बद्रीनाथ होटलमा ११ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो। सभा दिउँसो ११:३० बजे सुरु हुनेछ।

यस सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण तथा सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्तावमाथि निर्णय गर्नेछ। बोनस वितरणपछि कायम हुने चुक्ता पूँजीमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ। साथै प्रबन्धपत्र–नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अधिकार दिने, सञ्चालक नियुक्ति तथा लेखापरीक्षक नियुक्ति जस्ता प्रस्तावहरू पनि सभाले अनुमोदन गर्नेछ।

सभाका लागि कम्पनीले पुस १ गते एक दिने बुकक्लोज गर्ने निर्णय गरेको छ। सोअनुसार मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेकाले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Related News